इटहरीः उदयपुरको कटारी नगरपालिका–८ कुरिभञ्याङमा आज बिहान ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । 

कटारीबाट घुर्मीतर्फ सिमेन्ट बोकेर जाँदै गरेको बा ४ ख ५६७१ नम्बरको ट्रिपर आफैँ अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खस्दा ट्रिपरमा सवार रहेका कटारी नगरपालिका–८ का ४५ वर्षीय नरबहादुर मगर र ४० वर्षीय मिर्चिङ कान्छा मगरको घटनास्थलमा नै मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कटारीबाट घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।