इलामः इलामको रोङ गाउँपालिकाको वडा नम्बर ६ सलकपुरका ५४ वर्षीय प्रेम योञ्जनको मङ्गलबार भीरबाट लडेर मृत्यु भएको छ ।
सलकपुर खानेपानी तथा सरसफाइ आयोजनामा कार्यरत योञ्जनको घर फर्कने क्रममा तारे भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।