इटहरीः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले संघीय सरकारले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान चलाउन नसक्ने भए आफूहरुले स्थानीय सरकारबाटै चलाउने बताएका छन् । 

संघीय सरकारका स्वास्थ्य मन्त्री भवानी खापुङ्ग सँगको भेटमा आफूले स्थानीय सरकार प्रतिष्ठान चलाउन सक्षम रहेको बताएको साम्पाङ्गले बताएका छन् । 

295760500_813254946334018_1962858874279588627_n

‘स्वास्थ्य मन्त्रीसँगको भेटमा बीपी अस्पताल केन्द्र सरकारले चलाउन सक्दैन भने स्थानीय सरकारलाई सुम्पिदिनु हामी चलाउँछौँ भनेको छु छिटो निर्णय गरोस् ।’ साम्पाङ्गले सामाजिक सञ्जालमा भनेका छन् । 

लामो समयदेखि बेथितिमा चलेको प्रतिष्ठान डेढ अर्ब घाटामा रहेको भन्दै प्रतिष्ठानका रजिष्ट्रार सूर्य संग्रौलाले  मंगलबार मात्रै श्वेतपत्र जारी गरेका छन् ।