इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका ११ स्थित एक घरमा गएराति आगलागी हुँदा एक मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेलबारी– ११ लक्ष्मीमार्गका मजदुर कुमार श्रेष्ठ रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार बालकृष्ण गिरीको घरमा आगो लागेकोमा साही घरमा रङ लगााउन आएका मजदुर श्रेष्ठको मृत्यु भएको हो ।

विद्युत् सर्ट भएर आगो लाागेको वडा नम्बर ११ का वडाध्यक्ष विसनलाल चौधरीले जानकारी दिए । घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।