इटहरीः प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको हाताभित्र वृक्षारोपण गरेका छन् ।

प्रदेशस्तरीय अपराध अनुसन्धान सुरक्षा गोष्टीको अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय आएका प्रहरी महानिरीक्षक सिंहले हिजो कार्यालयको हाताभित्र आयोजित एक कार्यक्रमका बीच वृक्षारोपण गरेका ह’न् ।

298809474_1132044640857568_6135731470693052859_n

वृक्षारोपण कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय काठमाडाँैका प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदी, १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायबमहानिरीक्षक सुदीप गिरी,  नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौँका प्रहरी नायबमहानिरीक्षक भीमप्रसाद ढकाल, प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङ, १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक  जयराज सापकोटा तथा प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला समेतले वृक्षारोपण गरेका थिए ।

300023177_1245650792915745_1845651070247017188_n

वृक्षारोपण कार्यक्रमअगावै प्रहरी नायबमहानिरीक्षक धिरजप्रताप सिंहलाई प्रदेश प्रहरी तालिम केन्द्रको एक टुकडीले सलामी अर्पण गरेको थियो भने प्रहरी महानिरीक्षक सिंहले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए । यस ैक्रममा प्रहरी महानिरीक्षक सिंहले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अवलोकन निरीक्षणसमेत गरेका थिए ।