विराटनगरः नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको पुस ४ र ५ गते विराटनगरमा राष्ट्रिय सम्मेलन हुने भएको छ । राष्ट्रिय सम्मेलनलाई भव्य, व्यवस्थित तथा सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको महासङ्घले जनाएको छ ।

नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का महासचिव विवेक गौतमका अनुसार उक्त सम्मेलनमा देशभरका नेपाल पत्रकार महासङ्घका प्रदेश अध्यक्ष, महासचिव र शाखा अध्यक्षको सहभागिता रहने छ । मङ्गलबार बसेको व्यवस्थापन समितिको बैठकले सम्मेलनलाई सफल बनाउन सबै शाखालाई आ–आफ्नो क्षेत्रबाट योगदान दिन आह्वानसमेत गरेको छ ।