विराटनगरः नेपाल प्रहरी श्रीमती संघको ३८ औँ वार्षिकोत्सवको अवसरमा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायबमहानिरीक्षक सुदीप गिरीको प्रमुख आतिथ्यमा महिला बालबालिका तथा जेष्ठ नागरिक, मानव सेवा कल्याण क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । चियापान कार्यक्रममा मानव सेवा कल्याण क्षेत्रमा कार्य गर्ने विभिन्न संघसँस्थाका प्रतिनिधिहरु र प्रहरी नायबमहनिरीक्षक गिरीबीच अन्तरक्रिया कार्यक्रमसमेत भएको थियो । 

300134507_451532490032287_823389126986689223_n

नेपाल प्रहरी श्रीमती संघले विगतदेखि नै सामाजिक क्षेत्रमा विविध कार्यहरु गर्दै आइरहेको सन्दर्भमा आफ्नो ३८ औँ वार्षिकोत्सवको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी उपरीक्षक नवीनराज राई, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।