इटहरीः मोरङको विराटनगर महानगरपालिका–१५ बाट प्रहरीले भन्सार छली गरी नेपाल ल्याउँदै गरेको अवैध सामान बरामद गरेको छ ।

गएराति ८ः०० बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा बी आर ३८ ए ३२८७ नम्बरको भारतीय ट्याक्टरमा भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको करिब १२ लाख मूल्य बराबरका विभिन्न किसिमका कपडा तथा जुत्ताहरु बरामद गरेको हो ।

अवैध सामान बरामद भएसँगै ट्याक्टर र चालक समेतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।