इटहरीः धनकुटाको धनकुटा नगरपालिका–९ मुलघाट स्थितबाट प्रहरीले अवैध गाँजासहित १ जनालाई पक्राउ गरेको छ ।

हिजो साँझ ७ः०० बजे प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी गस्ती टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ३४१६ नम्बरको मोटरसाइकलमा सवार रहेका साँघुरीगढी गाउँपालिका–९ धनकुटाका २० वर्षीय सनिल राईले बोकेको झोला जाँच गर्दा ५ किलोग्राम गाँजा बरामद भएको हो । 

अवैध लागुऔषध गाँजासहित पक्राउ परेका राईउपर जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।