धरानः संघीय सरकारका स्वास्थ्य तथा जनसख्ङ्या मन्त्री भवानीप्रसाद खापुङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधार गरी पुरानो साख फर्काउन पदाधिकारीलाई निर्देशन दिएको बताएका छन् ।
शनिबार हामी नेपाल समूहको प्रतिष्ठान सुधार अभियान अन्त्य कार्यक्रममा बोल्दै मन्त्री खापुङले प्रतिष्ठानका पदाधिकारीलाई प्रतिष्ठानलाई पहिलेको अवस्थामा फर्काउन निर्देशन दिएको बताएका हुन् । उनले प्रतिष्ठानमा पदाधिकारी नियुक्त गरी सबै पदाधिकारीलाई प्रतिष्ठान सुधार गर्न निर्देशन दिएको बताए । उनले भने, ‘दक्षिण एसियमा नै प्रतिष्ठित प्रतिष्ठान धरासयी भएको छ । पुरानै अवस्थामा फर्काउन निर्देशन गरेको छु ।’ उनले विगतमा दक्षिण एसियामा नै प्रतिष्ठित प्रतिष्ठान धरासयी बन्दै गएको कुरा आफूलाई अवगत भएको बताए । उनले आफूले वितगमा पनि सुधारका लागि पहल गरेको बताए । उनले आफू मृत्युपश्चात् अङ्ग दान गर्ने र अङ्ग दिन पनि प्रतिष्ठान आउन’पर्ने बताए ।
उनले आफू कुनै विदेशी अस्पतालमा उपचार गर्न नगई आफ्नो गृह जिल्लाको अस्पतालमा नै उपचार गर्ने बताए । उनले आवश्यक परेमा प्रतिष्ठानमा उपचार गर्न आउने बताए । हामी नेपाल समूहले घोपा बचाउ अभिायन अन्त्यको घोषणा गरेको छ । प्रतिष्ठानको विकृति विसङ्गति अन्त्यको माग राखी साढे ४ महिनादेखि अभिायनमा रहेको समूहले अभिायन अन्त्य गरेको हो । समूहले साढे ४ महिनादेखि विभिन्न ३२ बुँदै माग राख्दै दैनिक प्रतिष्ठानको डेण्टल गेटमा धर्ना दिँदै आएको थियो । समूहले ३२ वटा मागहरुमध्ये धेरै माग प”रा भएको र केही प”रा हुने प्रक्रियामा रहेकाले अभियान अन्त्य गरेको जनाएको छ । समूहले केही दीर्घकालीन माग क्रमिक रुपमा प”रा गर्ने प्रतिष्ठानसँग समझदारी भएकाले अभियान अन्त्य गरेको जनाएको छ ।
समूहले ओपीडी काउण्टर थप भएको, ओपीडी काट्ने समय थप भएको , ल्याब रिपोर्ट संकलन साढे ७ बजेदेखि गर्न सुरु गरेको समूहले जनाएको छ । आकस्मिक कक्ष र ओपीडीमा शुद्ध पिउने पानीको व्यवस्था भएको जनाएको छ । अस्पतालमा भएका चुहावट नियन्त्रका लागि कार्य भइरहेको जनाएको छ । अस्पतालको आवश्यकतअनुसार कर्मचारीको विज्ञापन भएको छ । ३० बेड आईसीयू जडान प्रक्रिया अन्तिम चरणमा पुगेको छ । २० वटा आइसियू सञ्चालनका लागि आवश्यक कर्मचारी थप गर्नका लागि विज्ञापन भएको समूहले जनाएको छ । प्रतिष्ठानमा फार्मेसी सञ्चालन भई अधिकांश औषधि उपलब्ध गराउन थालेको जनाएको छ ।
अस्पतालका आवश्यक सामग्री आप”र्तिका लागि काम भइरहेको, एमआरआई मेसिनका लागि बजेटको सुनिश्चितता भएपनि टेण्डर आह्वान गर्ने सहमति गरिएको र डस्टविन थप गरिएको समूहले जनाएको छ । प्रतिष्ठानलाई सफा राख्ने कार्य भइरहेको, २० बेडको डाइलाइसिस सेवा सञ्चालन दीर्घकालीन योजना भएको सम”हले जनाएको छ । प्रतिष्ठानको आयव्यव मासिक रुपमा वेबसाइटमा राख्न निर्देशन भइसकेको, इन्टरनेटको वास्तविक आवश्यकता र क्षमता पहिचान गर्न सम्बन्धित शाखालाई निर्देशन भएको जनाएको छ । समूहले अभियानका क्रममा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरेको छ ।