विराटनगरः चालु आर्थिक वर्षको पहिलो चौमासिकमा आन्तरिक राजस्व कार्यालय विराटनगरले २ अर्ब राजस्व सङ्कलन गरेको छ । कार्यालयले १ अर्ब ९५ करोड २६ लाख ५५ हजार राजश्व सङ्कलन गरेको जनाएको छ ।

चालु आर्थिक वर्षमा लक्ष्यको १ सय ९ प्रतिशत र गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ सय ३३ प्रतिशत राजस्व बढी सङ्कलन भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले जानकारी दिए ।
उनका अनुसार सो सङ्लित राजस्वमा आयकर रु.५० करोड १७ लाख १५ हजार, मूल्यअभिवृद्धि कर रु ४२ करोड ६७ लाख ८८ हजार, अन्तःशुल्क रु. ९९ करोड १८ लाख ३६ हजार, स्वास्थ्य सेवा कर रु. दुई करोड ६९ लाख ४८ हजार र शिक्षा सेवा शुल्क रु.५३ लाख ६८ हजार रहेको छ ।
कार्यालयका अनुसार भ्याटमा ७ हजार २ सय ९२, अन्तःशुल्कमा ३ हजार ६ सय ६४, प्यानमा ४२ हजार ८ सय ७३ र पि–प्यानमा ३६ हजार ९२ को दर्ता रहेको छ । कार्यालयका अनुसार गत वर्ष १ सय ६७ व्यवसायीको दर्ता खारेजी भएको छ ।