लण्डनः सन् २०१५ को अन्त्यसम्म आठ हजार ३ सय मिलियन टन शुद्ध प्लास्टिक उत्पादन गरिएकोमध्ये६ हजार ३०० मिलियन टन फ्याँकिएको छ । त्यसमध्ये अधिकांश फोहोरहरु हामीसँगै छ, ल्यान्डफिलमा गाडिएको वा एन्टार्टिक समुद्री बरफमा, गहिरो समुद्री खाडलहरूमा बस्ने जनावरहरूको आँखामा र संसारभर पिउने पानीमा वातावरणलाई प्रदूषित गर्ने प्लास्टिकका स–साना टुक्राहरु भेटिएका छन् । वास्तवमा, प्लास्टिकको फोहोर अहिले यति व्यापक छ कि अनुसन्धानकर्ताहरूले यसलाई भूगर्भ कालखण्ड(एन्थ्रोपोसिन) को भौगोलिक सूचकको रूपमा प्रयोग गर्न सकिने सुझाव दिएका छन् ।
तर के हुन्छ यदि हामीले एउटा जादुई छडी चलाई हाम्रो जीवनबाट सबै प्लास्टिक गायब पार्न सके ? हाम्रो ग्रहको लागि, यो एक आकर्षक सम्भावना हुनेछ । तर हामी चाँडै पत्ता लगाउन सक्छौँ कि प्लास्टिक हाम्रो अस्तित्वको हरेक पक्षमा कति गढिएको छ । के हामीले सोचेको जीवन प्लास्टिकबिना पनि सम्भव छ ?
हजारौं वर्षदेखि मानवहरूले प्लास्टिक–जस्तो सामग्रीहरू प्रयोग गर्दै आएका छन्, जस्तै शेलक (रङ रोगनमा प्रयोग गरिने)ल्याक कीराहरूबाट निस्कने लेस्याइलो पदार्थबनेको हुन्छ । तर, हामीलाई थाहा भएअनुसार आज प्रयोग हुने गरेका प्लास्टिकहरू २० औँ शताब्दीमा आविष्कार भएका हुन् । बेकेलाइट ः जीवाश्म इन्धनबाट बनेको पहिलो प्लास्टिक, सन् १९०७ मा आविष्कार गरिएको थियो ।
दोस्रो विश्वयुद्धपछि सिंथेटिक प्लास्टिकको उत्पादन सेनाबाहेकको लागि प्रयोग भएको थिएन । त्यसबेलादेखि, प्लास्टिक उत्पादन प्रत्येक वर्ष बढ्दै गएको छ । सन् १९५० मा २० लाख टनबाट २०१५ मा ३८० मिलियन टन प्लास्टिक प्रयोग भएको छ । यदि यो क्रम जारी रहे, सन् २०५० सम्ममा प्लास्टिक तेल उत्पादनको २०% हिस्सा बन्न सक्छ ।
आज प्याकेजिङ उद्योग शुद्ध प्लाष्टिकको सबैभन्दा ठूलो प्रयोगकर्ता हो । तर, हामी लामो समयसम्म प्रयोग गर्ने सामानहरुमा पनि प्लास्टिकको प्रयोग गर्छौँः हाम्रा ठूल्ठूला भवन, यातायात र अन्य महत्वपूर्ण पूर्वाधारहरूमा । हाम्रा फर्निचर, इलेक्ट्रोनिक उपकरणहरू, टीभीहरू, गलैंचा, फोनहरू, कपडाहरू र अनगिन्ती अन्य दैनिक वस्तुहरू त भन्नै परेन ।
यसको अर्थ हो, प्लापस्टिकबिना पूरा विश्व नै वास्तविक लाग्दैन । तर, कल्पना गर्नुस् कसरी हाम्रो जीवन परिवर्तन हुन्थ्यो होला यदि अचानक हामीले प्लास्टिक गुमायौँ र त्यसको सट्टा केही नयाँ र स्थायी समाधानभेट्न सफल भयौँ भने ।
अस्पतालमाबिना प्लास्टिक सेवा दिनेबारे सोच्न पनि सकिन्न । “बिनाप्लास्टिक डाइलसिस युनिट चलाउने कल्पना गर्नुस् त,”बेलायतको किल विश्वविद्यालयका पर्यावरणीय स्थिरता र हरित प्रविधिका वरिष्ठ प्राध्यापक सेरोन जर्जले बताए ।
पञ्जा, सिरिन्ज, रगत राख्ने ब्याग, नमूना ट्युब र यस्ता थुुप्रै कुरा बनाउन प्लास्टिकको प्रयोग हुने गरेको छ । सन् १९९६ मा भेरियन्ट क्रुजफेल्ड जेकोब रोग (भीसीजेडी) पत्ता लागेपछि प्रियान्स नामक मिसफोल्ड प्रोटिन (प्रोटिन गलत तरिकाले दोब्रिनु) को कारण सामान्य अस्पतालमा हुने बन्ध्याकरण प्रक्रियाबाट बच्न सक्ने आधारभूत पुनःप्रयोग हुनसक्ने शल्यचिकित्सा उपकरणहरुका सामग्रीहरु केही अपरेशनहरुमा एक पटक मात्र प्रयोग गरिएको छ ।
एउटा अध्ययनका अनुसार बेलायतको अस्पतालमा एउटै टन्सिलको शल्यक्रिया गर्दा एक सयभन्दा बढी प्लास्टिक फोहोरको टुक्रा उत्पादन हुन सक्छ । केही शल्यचिकित्सकहरूले अस्पतालहरूमा एक पटक मात्र प्रयोग हुने प्लास्टिकको अत्यधिक प्रयोग भएको तर्क गरे पनि अहिले धेरै प्लास्टिकबाट बनेका चिकित्सा वस्तुहरू आवश्यक छन् र तिनीहरूबिना जीवन गुम्न सक्छन् ।
केही दैनिक प्लास्टिकका वस्तुहरू पनि स्वास्थ्य जोगाउन अत्यावश्यक हुन्छन् । कन्डम र डायफ्राम्स विश्व स्वास्थ्य संगठनको अत्यावश्यक औषधिहरुको लिस्टमा पर्छन् । यस्तै, फेस मास्कहरु जस्तो प्लास्टिकबाट बनेको सर्जिकल मास्क, श्वास यन्त्र, पुनःप्रयोग गर्न सकिने कपडाको मास्कले कोभिड १९ फैलिन कम गरेको थियो । “कोभिड १९ मा लगाइएको मास्क हाम्रो र अरुको सुरक्षाको लागि थियो,” जर्जले भने, “यदि तपाईले यसलाई ठूलो परिमाणमा हटाउनु भयो भने यसको प्रभाव हाम्रो जीवनमा पनि हुनसक्छ ।”
हामी यात्रामा खाना खराब हुन नदिन र सुपरमार्केटका दराजमा लामो समयको लागि संरक्षण गर्न त्यसलाई प्याकेज गर्छौँ । सञ्चार र बजारिकरणको लागि पनि प्लास्टिकको प्रयोग गर्छौँ । “म सोच्न पनि सक्दिनँ, कसरी प्लास्टिक हाम्रो प्रणालीमा पूर्ण रुपमा प्रतिस्थापित गर्न सकिन्छ,” लण्डनस्थित ब्रुनेल विश्वविद्यालयका पर्यावरण व्यवस्थापनका प्राध्यापक एलेनी इकोविडोले भने ।
उपभोक्ताहरूले मात्र बानी परिवर्तन गर्न आवश्यक छैन, सुपरमार्केट आपूर्ति समूहहरुको उच्चतम प्रयोग गरी प्याकेज बनाएका उत्पादनहरु बेच्न र तिनीहरुलाई आधुनिक बनाउन जरुरी छ । यसैबीच, खेतबारी र बजारबीचको लामो यात्रामा अत्यधिक नाश हुन सक्ने वस्तुहरु जस्तैः सतमूली, हरियो सिमी र जामुनहरू नटिपिकन खेतमै छोड्न सकिन्छ ।
यदि हामीले आपूर्ति र बजारबीचको समस्या समाधान गर्न सक्यौँ भने फलफूल र तरकारी खेतबारीबाटै खुलामा बिक्री गर्न सक्छाँै । तर, त्यसको लागि हामीले बारम्बार सामान खरिद गर्नुपर्ने हुन्छ । बेलायतको फोहोर न्यूनीकरण च्यारिटी ¥यापको अध्ययनले फ्रिजमा प्लास्टिकले बेरिएर राखिएका ब्रोकाउलीको आयु एक साता लम्बिएको थियो भने केरालाई कोठाको तापक्रमअनुसार राख्दा १.८ दिनसम्म रहेको थियो । तर स्याउ, काँक्रो र आलुलाई भने प्लास्टिकले कुनै फरक परेन । वास्तवमा, अनुसन्धानले के पत्ता लगायो भने फलफूल र तरकारीहरू खुला बेचेर खाद्यान्नको फोहोर कम गर्न सकिन्छ । किनकि, यसले मानिसहरूलाई आफूलाई चाहिएको कुरा मात्र किन्न बानी पार्छ ।
गोलभेडा र सिमीका टिनहरू भान्साघरबाट निष्काशित हुनेछन् । तिनीहरूमा खाना सुरक्षित गर्नको लागि भित्रपट्टी प्लास्टिकले पोतिएको हुन्छ । त्यसैले हामीले कागजको झोलामा सुख्खा गेडा दालहरु किन्नु पर्छ र घरमा पकाउनु पर्छ । इकोविडो भन्छन्, “मानिसहरूले आफूलाई आवश्यक पर्ने चीजहरू सबैभन्दा सुविधाजनक र सजिलो तरिकामा प्राप्त गर्नमा धेरै भर परेका छन् । मलाई लाग्छ कि हामी अलि असहज भएर पनि बस्न सक्नुपर्छ ।”
प्लास्टिक प्याकेजिङ फेर्दा वातावरणीय प्रभावमा ठूलो असर पुग्न सक्छ । प्लास्टिकभन्दा गिलासका केही फाइदाहरू छन्, जस्तैः अनन्त रूपमा पुनः प्रयोग गर्न मिल्ने । एक लिटर गिलासको बोतल ८००ग्राम प्लास्टिकको तुलनामा ४० ग्राम जति तौल हुन सक्छ । उदाहरणका लागि दूध, फलफूलको रस र पेयपदार्थहरूका लागि प्लास्टिक कन्टेनरहरूको तुलनामा काँचका बोतलहरूले समग्रमा उच्च वातावरणीय प्रभाव पार्छ । जब ती भारी बोतल र जारहरू लामो दूरीमा ढुवानी गर्न आवश्यक हुन्छ, कार्बन उत्सर्जन अझ बढ्छ । यदि ती सामग्रीहरु प्लास्टिकको बोटलमा ढुवानी गरिएको छैन भने, तिनीहरू आफै भारी हुनेछन्, जसको अर्थ अझ बढी उत्सर्जन हो ।
केही अवस्थामा प्लास्टिकबिना खाना प्याकेजिङ परिवर्तनको पाटो सजिलो हुनसक्छ । तपाई दूध सिसाको बोटलमा किन्न सक्नुहुन्छ, तर दुग्ध उद्योगको दूध गाईबाट बोटलसम्म पुर्याउन प्लास्टिकको ट्युब प्रयोग गरिन्छ । यदी तपाईले तरकारी खुला किन्नुभयो भने पनि प्लास्टिकका आवरणहरुले खेती गर्ने किसानलाई पानी बचाउन र झारपातबाट जोगाउन मद्दत गरेको हुन सक्छ । प्लास्टिकबिना, औद्योगिक कृषि असम्भव हुनेछ ।
बरु, हामीलाई छोटो खाद्य प्रणाली चाहिन्छ । जस्तो, खेती पसलहरू र समुदाय–समर्थित कृषि ।तर, विश्वको आधाभन्दा बढी जनसंख्या अहिले सहरहरूमा बसोबास गर्छन् । यसका लागि हामीले खाद्यान्न कहाँ र कसरी उब्जाउने भन्नेमा ठूलो परिवर्तन चाहिन्छ । “यो असम्भव काम हुनेछैन,”इकोविडो भन्छन्, “तर, हामीले यो गर्नको लागि समय दिनुपर्छ र हामीले खाने चीजहरूको मात्रामा पनि कटौती गर्नुपर्छ ।”
प्लास्टिकबिना बाँच्नको लागि हामीले लुगा लगाउने तरिकामा पनि परिवर्तन आवश्यक छ । सन् २०१८ मा विश्वभर उत्पादित कपडा फाइबरको ६२% सिंथेटिक थियो, जुन पेट्रोकेमिकलबाट बनेको थियो । जबकि कपास र अल्लोलगायत अन्य प्राकृतिक फाइबर हाम्रो केही कपडाको लागि राम्रो विकल्प हुन सक्छन् । तर, वर्तमान मागसँग मेल खाने उत्पादनको लागि लागत पनि बढ्नेछ । कपास पहिले नै विश्वव्यापी कृषि योग्य भूमिको २.५% मा उत्पादन हुन्छ । कपास उत्पादनका लागि बालीमा १६% कीटनाशक औषधिको प्रयोग हुन्छ, जसले किसानहरूको स्वास्थ्यलाई जोखिममा पार्छ र पानीको आपूर्तिलाई दूषित बनाउँछ ।
प्लास्टिकबिना जीउनद्रुत फेसनलाई हटाएरबारम्बार लगाउन सक्ने टिकाउ वस्तुहरूको पक्षमा रहन आवश्यक छ । हामीसँग छिट्टै जुत्ता पनि सकिनेछ । सिंथेटिक प्लास्टिकहरूले व्यापकता पाउनुअघि, जुत्ताहरू प्रायः छालाबाट बनाइन्थ्यो । तर आज पृथ्वीमा धेरै मानिसहरू छन् र हामी प्रत्येकले धेरै जोडी जुत्ताहरु लगाउछौँ । सन् २०२० मा मात्र २०.५ बिलियन जोडी जुत्ता निर्माण गरिएको थियो ।
“हामी प्रत्येक व्यक्तिको लागि छालाको जुत्तामा जान सक्दैनौँ, यो सम्भव छैन,” जर्ज भन्छन् । प्लास्टिकबिनाको संसार उल्टो हुनेछ । यद्यपि, यसले हाम्रो स्वास्थ्यमा पार्ने हानिकारक प्रभावहरूबाट भने बच्नेछौँ । -बीबीसीबाट