इटहरीः सर्लाहीको हरिवनस्थित माछा बजारमा गएराति नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकताबीच झडप हुँदा तीन जना घाइते भएका छन् ।

कौडी उठाउने विषयमा भएको विवाद बढ्दै गएपछि स्थानीय मनोज बैठा, नुरसबा खातुन र प्रहरी जवान कासिम मियाँ धोबी घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घाइतेमध्ये प्रहरी जवान धोबी उपचारपछि डिस्चार्ज भएका छन् भने अन्य घाइतेहरुो नमुना अस्पताल हरिवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हरिवनको माछा बजार यसअघि एमालेका कार्यकर्ताले ठेक्का लिएकोमा अहिले माओवादी कार्यकर्ताले नयाँ ठेक्का लिएका छन् ।