इटहरीः सरकारले आपतकालीन अवस्थामा हेलिकोेप्टरबाट उद्धार गरिएका गर्भवती वा सुत्केरीलाई तत्काल स्वास्थ्य सेवा प्रदान गर्न सातै प्रदेशमा रहेका १३ सरकारी अस्पताललाई तोकेको छ ।
उद्धार गरिएका गर्भवती वा सुत्केरीलाई सम्बन्धित प्रदेशभित्रका सरकारी अस्पतालमा निःशुल्क उपचार गराउने व्यवस्था सरकारले गरेको हो । यसरी उद्धार गरिएका गर्भवती वा सुत्केरीको उपचारका लागि प्रदेश नं १ को मोरङको विराटनगरस्थित कोशी अञ्चल अस्पताललाई तोकिएको छ ।
प्रदेश नम्बर १, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशमा १÷१ वटा अस्पताल तोकिएको छ अन्य २ प्रदेशमा २ वटादेखि ३ वटासम्म अस्पताललाई यस्तो सेवाका लागि तोकिएको छ ।
हेलिकोप्टर अवतरण भएको स्थानबाट अस्पतालसम्म ल्याउनका लागि तोकिएका अस्पतालले एम्बुलेन्स सेवा उपलब्ध गराउनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।