इटहरीः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार पार्टीले गरेको बन्दले भोजपुरको जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण जिल्लाबाट अन्यत्र जाने आउने यातायातका साधनहरु चलेनन भने जिल्ला भित्र बिद्यालयहरुमा पनि पठनपाठन ठप्प रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । अमेरिकी सरकारसँग गरिएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतका राष्ट्रघाति सन्धिसम्झौताहरु खारेज हुनुपर्ने, आफ्ना कार्यकर्ताहरुमाथि लगाइएका झुठा मुद्दा फिर्ता गरी थुनामा रहेकाहरुलाई रिहा गरिनुपर्ने, विप्लवसहित अन्य महत्वपूर्ण नेताहरुमाथि जारी गरिएको पक्राउ पुर्जी खारेज गरिनुपर्ने लगायतका माग राखी संगठनहरुले संयुक्त रुपमा नेपाल बन्दको आह्वान गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट नेत्रविक्रम चन्द विप्लव, अर्को नेपाल कम्युनिस्ट पार्टीकै तर्फबाट सो पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका तर्फबाट महासचिव आहुति र नेकपा माओवादी समाजवादीका तर्फबाट अध्यक्ष कर्णजित बुढाथोकी (सुशील) ले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै बन्दबारे हिजै जानकारी गराएका थिए ।

299598774_3349624428616180_7847067939081981691_n (1)