इटहरीः मोरङको विराटनगर महानगरपालिका–१७ बाट प्रहरीले डाँका मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थान घर भएका ५० वर्षीय महमद जुवेर मियाँ रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार डाँका मुद्दामा दोषी ठहर गर्दै मोरङ अदालतले उनलाई २०७५ साल असोज ९ गते पाँच वर्ष ११ महिना २८ दिन कैद र नौ लाख ४० हजार पाँच सय रूपैयाँ जरिवानाको फैसला गरेको थियो ।

फैसलालगत्तै फरार भएका अभियुक्त मियाँलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी कैद भुक्तानीका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ ।