इटहरीः सुनसरीको इनरुवा नगरपालिका–४ की २३ वर्षीया अनिता देवी खत्वेको हत्या गरी फरार रहेका उनकै श्रीमान ३५ वर्षीय विनोदकुमार खत्वेलाई प्रहरीले पक्राउ गरेको छ ।

२०७४ साल जेष्ठ ४ गते राति श्रीमतीको हत्या गरी घटनास्थलबाट नै फरार रहेका खत्वेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले गत सोमबार साँझ पक्राउ गरेको हो ।

श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका खत्वेका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।