इटहरीः बहुविवाह मुद्दामा अदालतबाट सजाय पाई फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका ६ का ४४ वर्षीय हेमबहादुर भण्डारी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार उच्च अदालत विराटनगरको २०७८ मङ्सिर २९ गतेको फैसलाबाट अभियुक्त भण्डारीमाथि ११ महिना पाँच दिन कैद र पाँच हजार रुपैयाँ जरिवाना भएको थियो ।

१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समुबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो भण्डारीलाई धरानबाट पक्राउ गरेको हो । पक्राउ परेका भण्डारीलाई सुनसरी जिल्ला अदालतमा उपस्थित गराई तोकिएको कैद  तथा जरिवाना भुक्तानीको लागि जिल्ला कारागार मोरङ पठाएइको प्रहरीले जनाएको छ ।