इटहरीः लागुऔषध ओसारपसारमा संग्लग्न रहेको आरोपमा १ जना भारतीय नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले हल्दिबारी गाउँपालिका–४ का ३५ वर्षीय जेमिल महमदलाई सोमबार राति जलथलबाट लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

यस्तै, महमदको बयानको आधारमा बिर्तामोड नगरपालिका–५ का २५ वर्षीय अर्जुन राजवंशी र भारतको किसनगञ्जका २८ वर्षीय जम्सेद आलमालाई मंगलबार बिहान झापाको हल्दिबारीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ७ ग्राम ९२० मिलिग्राम लागुऔषध ब्राउनसुगर र नगद ७९ हजार बरामद गरेको छ ।

लागुऔषध र नगदसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।