इटहरीः मोरङको पथरीशनिश्चरे नगरपालिका १० मंगलबारेबाट विभिन्न व्यक्तिका सामाजिक सञ्जाल फेसबुक ह्याक गरी उनीहका साथीलाई भ्रामक सन्देश पठाई रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थान घर भएका २० वर्षीय किरण पाठक रहेको नेपाल प्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्रहरीको साइबर ब्युरोले जनाएको छ । ब्युरोका अनुसार काठमाडौँ जिल्ला अदालतको पक्राउ आदेशअनुसार जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा हिजो पक्राउ परेका अभियुक्त पाठकलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान सुरु गरिएको छ ।

फेसबुक ह्याक गरी डेढ दर्जनभन्दा बढी महिला तथा पुरुषहरुसँग डिजिटल पेमेन्ट गेट वे मार्फत् रकम असुली गर्ने कार्यमा पाठकको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

301313110_373618058291152_7697975018263027976_n