इटहरीः प्रेस चौतारी इटहरी नगर कमिटिले आयोजना गरेको सात दिने फोटोसप तथा भिडियो मिक्सिङ्गसम्बन्धी तालिम बुधबार समापन भएको छ । 

 पत्रकार र पत्रकारितामा रुची राख्ने विद्यार्थीहरुको लागि सात दिने फोटोसप र भिडियो मिक्सीङसम्बन्धी आधारभ”त तालिम मा २० जनाले सहभागिता जनाएका थिए । 

इटहरीको ब्रिटिस एजुकेसन कन्सल्टेन्सीको सभाहलमा सञ्चालन भएको तालिममा विसप ताम्राकार, हिमाल दाहाल तथा ब्रिटिस एजुकेसनका आईटी इन्चार्ज हेमनारायण राजवंशीले फोटोसपसम्बन्धी र दीपेश खतिवडा र कृष्णचन्द्र सुवेदीले भिडियो मिक्सीङसम्बन्धी तालिम प्रदान गरेका थिए । 

बुधबार भएको समापन कार्यक्रममा बोल्दै सहभागी निशा धितालले तालिम आफ्ना लागि एकदमै लाभदायी भएको प्रतिक्रिया दिइन् भने सहभागी श्याम भट्टराईले पनि तालिममा आफ”ले थुप्रै ज्ञान सिक्न पाएकोमा आयोजकलाई आभार व्यक्त गरे । 

समापन कार्यक्रममा प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले विगतमा तालिमबिना नै काम सुरु गर्नुपर्ने अवस्था रहेको बताउँदै सहभागीहरु भाग्यमानी रहेको बताए । समापन कार्यक्रममा प्रेस चौतारी सुनसरीकी अध्यक्ष श’भद्रा प्याकुरेल, प्रेस सेन्टर नेपाल सुनसरीका उपसचिव राजन केडी लगायतले आफ्नो मन्तव्य राखेका थिए । 

कार्यक्रम प्रेस चोतारीका इटहरी नगर कमिटी अध्यक्ष रेवती निरौलाको सभापतित्वमा सम्पन्न भएको थियो ।