इटहरीः विद्यालयमा अध्ययनरत बालबालिका तथा विद्यार्थीलाई अनिवार्य श्रमदानमा लगाइनेछ भन्ने स्टाटस सामाजिक सञ्जालमा लेखेका कारण धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गको व्यापक विरोध भएपछि मेयर साम्पाङ्गले आफ”लाई जेसुकै लागेपनि गरिबको आँसु नलागोस् भन्ने प्रतिक्रिया दिएका छन् । 

मेयरले आफ”ले हरेक धराने नागरिकलाई कम्तिमा वर्षको ७ दिन श्रमदानमा लगाउनेगरी अघि बढिरहेको प्रतिक्रिया मेयर साम्पाङ्गको छ । विद्यार्थीलाई अनिवार्य श्रमदानमा लगाउने भन्ने प्रसंगमा मेयरले भनेका छन् ‘मैले विद्यार्थीलाई सकिनसकी भारी बोकाउँछु भनेको होइन । यो देशको माटो कस्तो छ यसको गन्ध कस्तो छ भन्ने कुरा विद्यार्थीले पनि सिक्न जरुरी छ ।’  

आफ्ना विरोधीहरुले विभिन्न कान”नका कुरा देखाएर आफ्नो अभिव्यक्तिको विरोध गरेको भन्दै श्रमदानको अभियान चलेको हो अब यो रोकिनु हुँदैन देश बनाउन श्रम गर्नुपर्छ भन्ने प्रक्रिया दिएका छन् । 

बिहीबार बिहान आफ्नै सामाजिक सञ्जाल फेसबुकमा लाइभ आएका मेयर साम्पाङ्गले आफ्नो अभियानमा निरन्तर लागिरहने बताएका छन् । देशलाई बनाउनुपर्ने भन्दै उनले श्रमदान गरे वर्षौँ लाग्ने काम केही महिनामा सकिने पनि बताएका छन् । 

आफ्नो समस्या आफैँले समाधान गर्न सक्नुपर्ने साम्पाङ्गको भनाइ छ । हाम्रा बाटाहरु फोहोरमुक्त हुनुपर्छ र देश गरिबीमुक्त हुनुपर्छ भन्ने उनको भनाइ छ । 

‘दश नङ्ग्रा नखियाइकन केही हुँदैन । आलोचना गर्नेले गर्दै गर्छन् । म पनि पाँच वर्ष सुतेरै बस्नुपर्ने हो त?’ मेयरको प्रश्न छ । 

हाम्रो हात फेसबुक मात्र चलाउनको लागि मात्रै होइन धुलो माटो टिप्न तथा गैँती र बेल्चा पक्रनसमेत भएको बताउँदै मेयर साम्पाङ्गले अरुको भर पर्नाले आफ”हरु पछाडि परेको टिप्पणी गरेका छन् । 

‘हामी गरेर देआउँछौँ । आजै गर्नुपर्छ । एक्लै गरेर सकिँदैन हामी सबैले मिलेर गर्नुपर्छ ।’ मेयरले भनेका छन् । ‘मैले विद्यार्थीलाई सकिनसकी भारी बोकाउँछु भनेको होइन । यो देशको माटो कस्तो छ ? यसको गन्ध कस्तो छ ? भन्ने कुरा विद्यार्थीले पनि सिक्न जरुरी छ ।’ उनले भनेका छन् ।