इटहरीः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले नगरभरिका सम्पूर्ण विद्यालयलाई पत्र लेख्दै हरेक शुक्रबार पठनपाठनपश्चात १ बजेबाट १ घण्टा लागुऔषधको बारेमा पढाउन निर्देशन दिएका छन् ।
उपमहानगरभरिका सबै विद्यालयलाई बिहीबार पत्राचार गर्दै मेयर साम्पाङले लागुपदार्थ दुव्र्यसन र ट्राफिक सचेतनासम्बन्धी विषयवस्तु विद्यालयस्तरीय पाठ्यक्रममा समावेश गरिएको भएपनि धरानमा लागुपदार्थ दुव्र्यसन र सवारी दुर्घटना बढ्दो मात्रामा रहेकाले कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई हरेक शुक्रबार पठनपाठन सकिएपश्चात् कम्तिमा १ घण्टा लागुपदार्थ दुव्र्यसन र ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेका हुन् ।