इटहरीः भारतको सोनापुरबाट तस्करीको गहुँ लिएर आएको ट्रकसहित मोरङको रतुवामाई नगरपालिका–१ हडियाडाँडाबाट सशस्त्र प्रहरी बलले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा को १ ख ४२२१ नम्बरको ट्रकका चालक सुनवर्षी नगरपालिका–४ का ४८ वर्षीय इन्द्रवेव राजवंशी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेका अनुसार दुई सय १० बोरा गहुँ लोड गरिएको नियन्त्रणमा लिइएको हो ।
भन्सार छली गरेर ल्याइएको १० हजार पाँच सय किलोग्राम गहुँ चार लाख ७२ हजार पाँच सय रूपैयाँ बराबरको छ ट्र«क १५ लाख मूल्य बराबरको रहेको सशस्त्रले जनाएको छ । ट्रक र गहुँ गरेर १९ लाख ७२ हजार पाँच सय रूपैयाँ बराबरको भन्सार मूल्याङ्कन गरिएको जानकारी एसपी लामिछानेले दिए । ट्रक र गहुँसहित चालकलाई आवश्यक कारबाहीका लागि बिहीबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।