इटहरीः राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको कक्षा १२ को परीक्षा एक साताभित्र सार्वजनिक गर्ने भएको छ ।
भदौ १५ गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने तयारीमा आफूहरु जुटेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनका अनुसार नतिजा लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार सार्वजनिक गरिनेछ । जसअनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक ल्याउनुपर्नेछ र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङक ल्याउनुपर्नेछ । २०७८ सालको परीक्षामा ४ लाख बढी परीक्षार्थी सहभागी थिए ।