इटहरीः मोरङको विराटनगर महानगरपालिका–१ का ५५ वर्षीय लालबिहारी कामतको करेन्ट लागेर मृत्यु भएको छ ।

बिहीबार बिहान विराटनगर–११ मा रहेको कपडा फ्याक्ट्रीमा मेसिन चलाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका बिहारीको उपचारको क्रममा कोसी अस्पताल विराटनगरमा मृत्यु भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।