इटहरीः झापाको हल्दिबारी गाउँपालिका– २ मा जंगली हात्तीको आक्रमणमा परी बुबाछोरा घाइते भएका छन् ।

घाइते हुनेमा सोही स्थानका का ४९ वर्षीय कारसिंह र उनका ५ वर्षीय छोरा नरेन्द्र राजवंशी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका अनुसार नाबालक छोरा बुबा नरेन्द्रसँगै घुम्न घर बाहिर निस्केका बेला हात्तीले आक्रमण गरेको हो ।

आज बिहान करिब साढे ४ तिर मर्निङ वाक निस्केका बुबाछोराको हात्तीसँग जम्काभेट भएको थियो । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रही मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । जलथल जंगलबाट निस्केका हात्तीले एउटा पसलमा समेत क्षति पु¥याएको प्रहरीले जनाएको छ ।