एउटा मानिस जब कुनै महत्वप”र्ण काम गर्न थाल्छ, धेरै मानिसहरु त्यो काम सफल भएको देख्न मन पराउँदैन रहेछन् । मान्छेहरु त यतिसम्म चियो गर्छन कि गएृराति यो मान्छे गहिरो निद्रा निदायो कि ? सपना पो राम्रो देख्यो कि ? सपनामा राम्रो मान्छेसँग भेट भएर कतै सुन्दर ठाउँमा पो घुम्न गयो कि ? मीठो पो खायो कि भनेर पनि डाह गर्छन् । यतिसम्म कि घर परीवार मिलेर बसेको, श्रीमान् श्रीमतीले सँगै बसेर खाना खाएको र घरको काम मिलेर गरेको, छोराछोरीले सबैले देख्ने ठाउँमा बसेर लामो समयसम्म मन लगाएर पढेको र राम्रो अंक ल्याएर पास भएको, ध्यान तथा योग गरेको, अरुको भन्दा राम्रो घर बनाएको, गतिलो गाई, भैँसी र सवारीसाधन किनेको, सुकिलो र ब्राण्डेड जुत्ता, लुगा र गरगहना लगाएको पनि धेरै मानिसहरुलाइ मन पर्दैन । आहारिस गर्छन् । त्यसमा धेरैजसो त आफन्त र नजिकका छिमेकी नै सामेल हुन्छन् । मानिसहरु यतिसम्म चाहन्छन् कि अरुका छोराछोरीहरुले पढ्ने किताब, लेख्ने कापी च्यातेर हवाइजहाज बनाएर उडाएरै सकुन् । गृहकार्य त गर्दै नगरुन् । राम्रो अंक ल्याएर पास नगरुन् । उसको दुहुनो गाईले लात्ति चलाओस् । उसलाइ रोग लागोस् ! उ त थला परोस्  ! उसको खेत बाँझियोस् । खोलाले घर बगाओस् । मिलेको परिवार भाँडियोस् । कुनै दुर्घटना होस् । यस्तैयस्तै ।

अब विचार गरौँ न ! उहिले सुत्केरी आमाले महिना दिनको नपुगी हत्तपत्त नानी सबैलाई नदेखाउनु, नजर लाग्छ किन भनेको ? निधारमा छड्के पारेर कालो टिको किन लगाई दिएको ? दुधालु गाईभैँसी दुहुने बेला अरुले नदेखोस्, डाही लाग्छ किन भनेको ? आफ्नो सपना ( सायद कुनै विशेष योजना ) कसैलार्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्ई, आफ्नै घरकालाइ पनि सुनाउनु हुँदैन किन भनिएको ?  दाहिने हातले दान दिएको देब्रे हातलाई थाहा नहोस् किन भनिएको रहेछ ? राणाहरुले रैतान ( रैती÷ जनता ) का छोराछोरी पढ्ने स्कुल किन खोल्न नदिएको ? दलित भनिएका जातिले र उपल्लो भनिएका जातिका पनि आइमाईले नीतिशास्त्र, ज्ञानका कुरा पढे भने जिब्रो थुत्ने र सुने भने राँग पगालेर कानमा हालिदिनु वा झिर तताएर कानमा बिरोल्ने किन भनेको रहेछ ? उत्तराको गर्भमा कौरवहरुबाट किन अग्नेयाश्त्र आक्रमण भएको रहेछ ? मानिसलाई अरु कोही अघि बढेको, अरुले प्रगति गरेको, अरुले जितेको मन पर्दैन । यस्तो देख्न पनि चाहँदैन रहेछ । आफ्नै भतिजोले काका ! म शाखा अधिकृतका लागि लोक सेवाको तयारी गर्दैछु भन्यो भने काकाले कि त हाँसेर उडाउँछ कि त ओठ लेप्र्याउँछ ।

कमल फ”लेपछि सबैको मन आकर्षित हुन्छ । हिलाम्य पानीमा रहेको कमलको बोटले कत्ति दुःख सहेको हुन्छ । एउटी आमाको प्रसव पीडापछि मात्र सन्तान जन्मिन्छ । फलाम वा अरु जुनसुकै धातु आगोमा जलेपछि थप चम्किलो हुन्छ । सुर्यले आफ” झुल्किनुअघि कसैको ढोका ढक्ढकाउँदैनन् । तर घाम लागेपछि सबैले स्वागत गर्छन्, उपभोग गर्छन् । आफ्ना योजना अरु मानिसहरुर्ला बताउँदा त्यति बेला त राम्रो मानेझैं गर्छन् । तर कतिबेर चाँजो खुस्काइदिने हुन् पत्तो हुँदैन । किनकि विभिषण त आफ्नै दरबारमा हुन्छ, आफ्नै घरमा हुन्छ । उता रावण मार्ने भन्ने दायित्व लिएर लंका पुगेका रामले त सीता खोज्न मात्रै गएको बताए । फेरि लुकेर बाली पनि मारे । परिणाम आएपछि भने दुनियाँ जित वा सफलता कै जयजयकार गर्छ । बस जसरी होस् सफल बन्नु पर्ने रहेछ । मर्यादा पुरुषोत्तम मानिएका रामले आफ्नी प्यारी गर्भवति पत्नी सीतालाइ विद्वान वाल्मिकीको आश्रममा नै किन पठाए ? सायद गर्भ र शिशुमाथि दरबारमा कुनै खतरा थियो कि ? त्यागेको भए वाल्मिकीकै आश्रम किन ?

बौलाहाको पनि रिस गर्छ मानिसले । अलिक रिस नगर्ने भनेको मुर्दालाई रहेछ । त्यसैलै कतिपय मानिसहरु समाजमा उत्कृष्ट बन्ने अवसर नपाएपछि, चित्त एकाग्र पार्न वा कुनै काममा ध्यान दिन अवरोध भएपछि एकान्तमा बसेर चिन्तन गर्न श्मसान घाट वा मुर्दा जलाउने वा गाड्ने ठाउँमा गएर तपस्या ( ध्यान, चिन्तन ) गरेको सुनिन्थ्यो, पढिन्थ्यो । कतिपयले यसरी पनि सफलता पाएपछि श्मसानमा तर्साउँछ भनेर पनि निराश बनाइयो । आर्यघाट लगायतका घाटहरु, चिहानहरु, कब्रिस्तानहरु सबै ठाउँमा वरिपरि मानव बसोबास छ । कम्तिमा त्यहाँ काम गर्नेहरु त त्यहीँ बस्छन् । खै त कहिले तर्सायो भनेका छैनन् । डराउने त जिउँदोबाट हो । मरिसकेकासँग के को डर ? यो पनि अरुलाई सफल भएको देख्न नचाहेकै हो कि ? 

सफल हुन एकोहोरो र कडा परीश्रमी नै हुनुपर्ने रहेछ । दुनियाँका सफल मानिसको जीवनी पढ्दा त्यस्तै पाइन्छ । कसले के भन्छ होइन, जोसुकैले जेसुकै भनोस् !!!  कसैले गनोस् कि नगनोस् !!!  बादल भित्रको घामलाई बादल फाटेपछि कस्ले छेक्न सक्छ ? आज दुनियाँमा धन कमाएका, नाम कमाएका, नयाँ अविष्कार गरेका, फरक तरिकाले काम गरेका सबै नै आफ्नो समयका एकोहोरा वा अर्ध बौलाहा नै हुन् । देशका वा विदेशका सयौँ, हजारौँ व्यक्तिर्ला उदाहरणस्वरुप लिन सकिन्छ । समय मिलेमा तिनको चर्चा अलग्गै गरौँला । जे होस् ! दुनियाँ आफ”ले सफलता नपाउँदा जति धेरै चिन्तित हुन्छ त्योभन्दा हजारौं गुणा बढी पीडा दुनियाँलाई अरुले सफलता प्राप्त गरेको देखेर हुन्छ । तसर्थ सफल नभएसम्म भित्री योजना कसैलाई नभन्नु नै उचित रहेछ । सफल भएपछि त सबैभन्दा धेरै खोइरो खन्नेहरु नै सबभन्दा पहिले गोहीका आँसु झार्दै बुके नै लिएर आउनेछन् र भन्नेछन् – यो त खुसीको आँस’ हो ! मैले तपार्इंँका लागि फलाना ठाउँमा यसो गरेँ, फलानो शक्तिपीठमा भाकलसम्म गरेँ भन्न पछि पर्दैनन् । मनमनमा ‘थाहा छ !’ भन्दै बुके समाउनुपर्ने रहेछ ।