इनरुवाः इनरुवा नगरपालिका स्वास्थ्य शाखाबाट संघीय ससर्त अनुदानतर्फ स्वीकृत कार्यक्रममा अनियमितता भएको ठहर महालेखापरीक्षकको कार्यालयले गरेको छ ।

इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीलाई महालेखापरीक्षकको कार्यालय र प्रादेशिक लेखापरीक्षक महानिर्देशनालय प्रदेश नम्बर १ ले २०७९ असार २४ गते बुझाएको लेखापरीक्षण प्रतिवेदनमा अनियमितता भएको जानकारी पठाएका छन् ।

महालेखापरीक्षकले संघीय ससर्त अनुदानतर्फको कार्यक्रम स्वीकृत कार्यक्रम फरक पारी खर्च गरेकाले अनियमितता भएको ठहर गरेको हो ।

प्रदेश आर्थिक कार्यविधि नियमावली २०७५ को नियम ३९ मा स्वीकृत बजेट समबन्धित खर्च शीर्षकबाट गर्नुपर्ने ६ लाख ६२ हजार ४ सय ४२ रुपैयाँ खरिदमा स्वीकृत कार्यक्रम फरक पारी अनियमित भुक्तानी भएको ठहर गरेको हो ।

महालेखा प्रतिवेदनमा ससर्त अनुदानतर्फको भौचर नम्बर ७८।०७८।१०।२३ को स्वीकृत कार्यक्रम राष्ट्र्रिय महिला स्वयम्सेविका कार्यक्रम, पोसाक प्रोत्साहन र यातायात खर्च तथा वार्षिक समीक्षा गोष्ठीतर्फको ९८ हजार ८ सय रुपैयाँबाट कम्प्युटर खरिद गरिएको बिल पेस गरी अनियमितता गरेको उल्लेख गरिएको छ ।

यसैगरी भौचर नम्बर २५५। २०७८।३।१८ को स्विकृत कार्यक्रम मातृ तथा नवजात शिशु कार्यक्रमअन्र्तगत आमा सुरक्षा गर्भवती उत्प्रेरणा सेवा न्यानो झोला बापतको ३७ हजार ५ सय १०

रुपैयाँबाट भत्ता वितरण गरी अनियमितता गरेको ठहर प्रतिवेदनमा गरिएको छ । प्रतिवेदनमा २६४।०७७।३।२१ को आधारभ”त स्वास्थ्य केन्द्र सञ्चालन खर्च बापतको ४ लाख ८२ हजार १ सय ४९ रुपैयाँ शौचालय निर्माणमा खर्च गरी अनियमितता गरेको उल्लेख छ ।