इटहरीः झापाको मेचीनगर नगरपालिका–४ बाट प्रहरीले १५ वर्षीया किशोरीको बलात्कारमा संलग्न एक अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही वडाको सरस्वती टोल घर भएका  २७ वर्षीय अदित खड्का रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

अभियुक्त खड्काउपर बिहीबार राति घर नजिकैको बगैँचामा लगी किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोप छ । पक्राउ परेका अभिय’क्त खड्कालाई इलाका प्रहरी कार्यालय काकडभिट्टाको हिरासतमा राखी जबर्जस्ती करणी म’द्दामा कारबाहीका लागि अन’सन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।