इटहरीः मोरङको विराटनगर महानगरपालिकास्थित तीनपैनी चौकबाट प्रहरीले चोरीको कारसहित चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अशोक चौधरी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । अभियुक्त चौधरीउपर विराटनगर महानगरपालिका वडा नम्बर ३  भट्टाचोक निवासी चन्द्र अधिकारीको सुमो चोरी गरेको आरोप छ । आफ्नै घरअगाडि रोकिराखेको सुमो चोरी भएपछि अधिकारीले प्रहरीमा उजुरी दिएका थिए ।

चोरी भएको अधिकारीको को १ च ९४६७ नम्बरको सुमो मेरिल्याण्ड कलेजको बससँग ठोक्किएपछि आवश्यक कारबाहीका लागि प्रहरीले सोधपुछ गर्दा गाडी चोरीको भएको खुलेको हो । पक्राउ परेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी चोरी मुद्दामा कारबाहीका लागि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।