इटहरीः मोरङको केराबारी गाउँपालिका–६ स्थित हुरहरे खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका–६ का २३ बर्षीय इशानबहादुर कार्की रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
पानी डुबी गम्भीर घाइते अवस्थामा साथीहरुले फेला पारी उपचारार्थ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएकोमा चिकित्सकले कार्कीलाई तत्कालै मृत घोषित गरिदिएका हुन् ।
उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।