भोजपुरः भोजपुरमा बिहीबार जिल्ला सरकारी वकिल कार्यालय भवनको शिलान्यास भएको छ । उच्च सरकारी वकिलको कार्यालय धनकुटाका सहन्यायाधिवक्ता मनोजकुमार आचार्यले भवनको शिलान्यास गरेका थिए ।

३ करोड ३४ लाख ५२ हजारको लागतमा निर्माण गर्न लागिएको सो भवन निर्माणका लागि अर्थ मन्त्रालयले ६ करोड १७ लाख ५९ हजार विनियोजन गरेको कार्यालयका प्रमुख प्रमोद भट्टराईले बताए । २०७७ कात्तिकसम्ममा भवन निर्माण सम्पन्न हुने बताइएको छ ।