इटहरीः गैर सरकारी संस्था महासंघ–नेपाल, मोरङका अध्यक्ष राजेन्द्रप्रसाद ढकालले एक १३ वर्षृीय बालकलाई अप्राकृतिक मुख मैथुन गरेको उजुरी आएपछि प्रहरीले ढकाललाई पक्राउ गरेको छ । 

बुधबार पक्राउ परेका ढकाललाई पाँच दिनको म्यान थपेर प्रहरीले अनुसन्धान गरिरहेको छ । बालयौन दुव्र्यवहार र अप्राकृतिक मैथुन आरोपमा अनुसन्धानका लागि बिहीबार मोरङ जिल्ला अदालतबाट म्याद थप गरिएको हो ।

ढकालले एकजना १३ वर्षीय बालकमाथि यौन दुव्र्यवहार तथा अप्राकृति मैथुन गरेको भन्दै पीडितले किटानी जाहेरी दिएका थिए । उक्त घटनापछि गैर सरकारी सृँस्था महासंघ मोरङसहित अन्य विभिन्न १८ सँस्थाले ध्यानाकर्षण भएको भन्दै तत्काल अध्यक्ष पदबाट निलम्बन गर्न माग गरेका छन् । 

बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै ढकालृविरुद्ध परेको जाहेरीका आधारमा अनुसन्धान गरी दोषी ठहर भए कडाभन्दा कडा सजाय हुनुपर्ने माग गैसस महासंघले गरेको छ ।

302402278_643566703767447_4785813038442881927_n