इटहरीः सुनसरीको बराहक्षेत्र नगरपालिका–३ बाङ्गेस्थित चतरा झुम्का नहरमा नुहाउने क्रममा २ जनाको डुबेर मृत्यु भएको छ ।
हिजो बिहान पौने १० बजे नहरमा नुहाउने क्रममा बराहक्षेत्र–४ की ३६ वर्षीया शोभा खड्का र डिक बहादुर खड्काकी १४ वर्षीया छोरी सलिना खड्का पानीमा डुबी बेपत्ता भएकी थिइन् । \
घटनाबारे जानकारी पाएलगत्तै परिचालित प्रहरीले शोभा खड्कालाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागि विजयपुर अस्पताल धरान पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
पानीमा डुबी बेपत्ता भएकी सलिना खड्काको शव इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले खोजृतलासको क्रममा ३०० मिटर टाढा फेला पारेको हो । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।