इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका ९, भोजपुरे टोलस्थित गणेश मन्दिरबाट नगद तथा जिन्सी ्सामान चोरी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँकेको रामनगर नगरपालिका वडा नं. ७ बस्ने २४ वषीय दीपेश तामाङ रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार अभियुक्त तामाङ आज बिहान ०३ः३० बजे पक्राउ परेका हुन् ।

उनका साथबाट १० हजार ५२ रुपैयाँ नगद र मन्दिरमा रहेको पित्तलको जलधारा, अफगानी प्रे्सर कुकर, पित्तलको पनिउृ लगायतका सामानहरु बरामद भएको छ । मुलुकी अपराध संहिता २०७४ अन्तर्गत चोरी मुद्दामा कारबाहीका लागि जिल्ला अदालत सुनस्रीबाट म्याद लिएर उनलाइ हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।