भोजपुरः भोजपुरको दक्षिणी क्षेत्रमा रहेको टेम्केमैयुङ गाउँपालिकामा विद्युत् विस्तारको कामले तीव्रता पाएको छ । पाँच वडामा विद्युत् पु¥याउने लक्ष्यका साथ काम भइरहेको सो गाउँपालिकाका प्रवक्ता सुनिल राईले बताए ।
सो गाउँपालिकाको केन्द्रसम्म विद्युत् विस्तार गर्न कोटको बुद्ध चोकबाट मुख्य लाइनमा तार जडानको काम भइरहेको गाउँपालिकाका अध्यक्ष ध्रुवराज राईले बताए । गाउँपालिकाले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरी विद्युत् विस्तार गर्न ५ करोड खर्च गरेको छ । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको पोल, तारलगायत सामग्रीसँगै प्राविधक सहयोग गरेको कार्यालय प्रमुख रामआशिष शाहले बताए ।