इटहरीः साथीसँग जन्मदिन मनाएर घर फर्कँदै गरेकि एक किशोरीमाथि बिहिबार साँझ विराटनगरमा सामुहिक बलात्कार भएको छ । 

१८ वर्षीय किशोरीलाई  बर्थडे मनाएर घर फकिर्नेक्रममा  राती ९ ः ४५ बजे विराटनगर १४ नहरमा पाँच जना युवाले सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यलय मोरङ्गले बताएको छ । 

बलात्कार पछि प्रहरीले घटनामा संलग्न एक जनालाई पक्राउ  समेत गरेको छ । पक्राउ पर्नेमा विराटनगर ४ इकराइका २९ वर्षीय सन्तोष मण्डल रहेका छन् । पक्राउ परेका मण्डल सामूहिक बलात्कार गर्ने मध्येका एक हुन् । किशोरी विराटनगरको एक होटेलमा जन्मदिन मनाएर घर फिर्किने क्रममा आक्रमणमा परेकी थिइन् । 

जन्मदिन मनाएपछि ती किशोरीलाई प्रेमिले घर पु¥याउन मोटरसाइकलमा हालेर लगेका थिए । घर पुग्नुभन्दा अगाडी उनीहरू विराटनगर १४ जतुवा अगाडीको नहरमा गफिएर बस्ने क्रममा पाँच जनाको समूहले नियन्त्रणमा लिएर युवतीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त समूहको नियन्त्रणबाट युवा उम्किएर भाग्न सफल भए । तर भाग्न खोजे पनि लखेट्दै गएको र  युवतीलाई भने आफ्नो कब्जामा लिँदै सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार कुटपिटबाट प्रेमी भनिएका युवा र युवतीको समेत शरिरमा चोटपटक देखिएको छ ।