इटहरीः दुई छोरी र एक छोरासहित सुनसरीको कोसी गाउँपालिका ८ स्थित सप्तकोसी नदीको पुलबाट हाम फाल्न लागेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ ।

१२ र ९ वर्षीया छोरीका साथै ७ वर्षीय छोरासहित नदीमा हाम फाल्न लागेकी इटहरी २ घर भएकी ३४ वर्षीया महिलाको कोसी ब्यारेज प्रहरीले उद्धार गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उद्धार गरिएकी महिला र उनका छोराछोरी सकुशल रहेको प्रहरीले जनाएको छ ।

पाँच वषर््ादेखि विदेशमा रही केही महिनाअघि नेपाल र्फिकएका श्रीमानले र्आिथक विषयमा मानसिक यातना दिएका कारण महिलाले आत्महत्या प्रयास गरेको प्रहरी अनुसन्धानले देखाएको छ । उद्धार गरिएकी महिलालाइ छोराछोरीसहित श्रीमानको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।