इटहरीः हिजो मात्र कक्षा १२ को परीक्षाफल प्रकाशन गरेको राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को ग्रेडवृद्धि परीक्षाका लागि फारम बुझाउने मिति सार्वजनिक गरेको छ ।
ग्रेडवृद्धि परीक्षा आगामी असोज ३० र ३१ गते हुने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।
परीक्षामा सहभागी हुन असोज ७ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्कवापत प्रतिविद्यार्थी ६०० रुपैयाँ बुझाउनुपर्ने सूचनामा भनिएको छ ।
तोकिएको अवधिमा फारम भर्न छुटेका विद्यार्थीले असोज १४ गतेभित्र दोब्बर दस्तुर तिरेर असोज २५ गते कार्यालय समयभित्र बोर्डको सम्बन्धित कार्यालयमा रकम जम्मा गरेको भौचरसहित आवेदन फारम बुझाउनु पर्नेछ ।
दुई विषयमा ननग्रेडिङ अर्थात् एनजी आउने परीक्षार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने बोर्डले भनेको छ ।