इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका २ बाट झारफुक गर्ने बहानामा लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुृटा स्थायी घर भई हाल इटहरी २ बस्ने लक्ष्मी रानामगर रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका अनुसार रानामगरले इटहरी वडा नं. २ कै अम्बिकादेवी खड्काबाट पनि आठ लाख रुपैयाँ ठगी गरी लिएको खुलेको छ । अभियुक्त लक्ष्मीले लिएको सोही रकम विदेशबाट फर्किएका श्रीमानले माग्न थालेपछि अभियुक्त लक्ष्मीबाट पैसा नपाएर तनावमा परी अम्बिकाले केही दिनअघि छोराछोरीसहित कोसी नदीमा हाम फालेर सामुहिक आत्महत्या गर्ने कोसिस गरेकी थिइन् ।

305504273_496638262299011_7436845184888290334_n

१२ र नौ वर्षका दुईवटी छोरी तथा सात वर्षका छोरासहित शुक्रबार साँझ सप्तकोसीमा आत्महत्या गर्न गएको बेला प्रहरीले अम्बिका र उनका छोराछोरीको उृद्धार गरेको थियो । त्थाकथित माता मगरले भगवानको नाममा पैसा र भेटी चढाउनुपर्छ भनेर ठगीमा परेका धेरै मानिसहरु सम्पर्कमा आइरहेको रहेको इलाका प्रहरी कार्यालय इटहरको भनाइ छ । अभियुक्त रानामगरलाई हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।