इटहरीः मोरङको विराटनगर महानगरपालिका–१५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर रानी भन्सारको १ नम्बर ढाटमा भारतबाट नेपाल आउँदै गरेका जहदा गाउँपालिका–५ मोरङका २१ वर्षीय सुरजकुमार चौधरीलाई शंका लागि जाँच गर्ने क्रममा उनको साथबाट ४४ मिलिग्राम ब्राउनसुगर र इटहरी उप–महानगरपालिका–९ का  ३४ वर्षीय सन्तककुमार खड्काको साथबाट १.६१ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।

ब्राउनसुगरसहित पक्राउ परेका दुवै जनामाथि इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।