इटहरीः झापाको मेचीनगर नगरपालिका–१५ बाट श्रोत नखुलेको रकमसहित २ जनालाई प्रहरीले  पक्राउ गरेको छ ।

हिजो बिहान ११ः०० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–१५ निलकोठी बस्ने ३० वर्षीया अप्सरा राजवंशीको घर कोठा खानतलासी गर्दा श्रोत नखुलेको नगद १० लाख ८२ हजार ५ सय नेपाली रुपैयाँ र डिजिटल मिनि तराजु २ थान बरामद गरेको हो । 

श्रोत नखुलेको रकम र समान बरामद भएसँगै राजवंशी र शंकित अवस्थामा सोही घरमा रहेका स्थानीय ४३ वर्षीय मोहमद मोसाद आलम समेतलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।