धरानः धरान उपमहानगरपालिकाले नगर प्रहरी नियुक्तिमा नेपाल सरकारले तोकेको नियमविपरीत विज्ञापन निकालेर करार सेवामा दर्खास्त आह्वान गरेको छ ।

नेपाल सरकारले विभिन्न सुरक्षा निकायको जवान पदका लागि शैक्षिक योग्यता न्यूनतम कक्षा ८ पास र सोभन्दा माथि तोकेको छ । कक्षा ८ तोकेपनि नेपाल सरकारको सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग आदिले कक्षा १० पासको शैक्षिक प्रमाणपत्रको आधारमा जवान पदका लागि दर्खास्त आवान गरी नियुक्ति दिइरहेका छन् । नेपाल सरकारको सुरक्षा निकाय अन्तर्गत प्रहरी सहायक निरीक्षकको जागिर खान शैक्षिक योग्यता न्यूनतम १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था रहेको छ ।

यता धरान उपमहानगरपालिकामा भने नगर प्रहरी सहायक निरीक्षकको शैक्षिक योग्यता बराबरको योग्यता नगर प्रहरी जवानलाई माग गरेको छ । धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाललाई यसबारे सोध्दा नगरपालिकाको कार्यविधिमै नगरसभामार्फत् पारित गरेको बताए । उनले योग्य कर्मचारी छनोट हुने पनि उल्लेख गरे ।

304779905_608375864261708_4535246983103021155_n

उपप्रमुख आइन्द्रविक्रम बेघालाई यसबारे प्रश्न गर्दा “जे लेखिएको छ सोहीअनुसार काम गरेको र हामी आउनु अघिकै जनप्रतिनिधिले करारका कर्मचारीको कार्यविधिमै समेटेका हो“ भने । नगर प्रहरी प्रमुख विष्णु कोइरालाले पनि यस विषयमा आफूले पहिले नै आपत्ति जनाउँदा सुनुवाइ नभएको र अघिल्लो जनप्रतिनिधिकै कार्यकालमा कार्यविधि पास भएको बताए ।

८ कक्षा पास हुने वडाध्यक्ष तथा कार्यपालिका सदस्यलाई धरानको सरसफाइ तथा अन्य काम गर्ने नगर प्रहरी जवान को शैक्षिक योग्यता भने नेपाल सरकारको नियमलाई मिचेर न्युनतम १२ पास बनाउनु पर्ने ? भनेर फारम भर्न नपाउने युवाहरूले प्रश्न गरेका छन् ।

धरान उपमहानगरपालिकाले मिति २०७९ भाद्र ८ गते बारुण यन्त्र जवान ६ जना र नगर प्रहरी जवान ५ जनाको करार सेवामा दर्खास्त आवान गरेको थियो । अघिल्लो जनप्रतिनिधिको पालामा करारमा स्वास्थको कर्मचारी माग गरेर ३ वर्ष बितिसक्दा पनि नतिजा सार्वजनिक गर्न धरान उपमहानगरपालिका असफल भएको छ । फारम भर्नेहरुबाट लाखौँ रकम असुल गरेर धरान उपमहानगरपालिकाले गैरजिम्मेवार कार्य गर्दै आएको छ ।

received_453723456694707