इटहरीः इटहरी उपमहानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा केशव विमली आएका छन् । नेपाल सरकारका सहसचिव छवि रिजाल गरिबी निवारण कोषमा सरुवा भएपछि शुक्रबारबाट उपसचिव विमली इटहरी उपमहानगरमा हाजिर भएका हुन् ।
यसअघि उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा सहसचिवको दरबन्दी भए पनि तत्कालको लागि सामान्य प्रशासन मन्त्रालयले उपसचिव विमलीलाई निमित्त प्रशासकीय अधिकृत बनाएर पठाएको हो ।
विमली सङ्घीय मामिला अन्तर्गतकै जिल्ला समन्वय समिति मुस्ताङको स्थानीय विकास अधिकारीबाट सरुवा भई इटहरीमा आएका हुन् । विमलीको स्थानीय तहको क्षेत्रमा १५ वर्षको अनुभव रहेको बुझिएको छ ।