फाइल तस्बिर
विराटनगरः नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले आगामी महाधिवेशनमा पार्टीको नेतृत्व परिवर्तन हुने बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकर सम्मेलनमा उनले संविधानको ढाँचा अनुसार पार्टीको विधान संशोधन हुनुपर्ने बताएका छन् । संविधान बमोजिम पार्टीको विधान र संरचना तयार भएमा पार्टीले गति लिने उनले बताएका हुन् ।
पार्टीलाई ऊर्जा दिने गरी काङ्ग्रेस महासमिति बैठकमा विधानलाई समावेशी चरित्रको बनाउने गरी व्यापक छलफल हुने उनको भनाइ थियो ।
नेता सिंहले सरकारमा काङ्ग्रेसले प्रतिपक्षको भूमिकालाई सशक्त पार्न नसके पनि जनताका विषयमा निरन्तर आवाज उठाइरहेको बताए । सरकारले जनताले दिएको अवसर पूर्ण सदुपयोग गर्ने उनको भनाइ थियो ।
जनताले अनुभूति गर्न सक्ने किसिमको महङ्गी नियन्त्रण, शान्ति सुरक्षा र विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने उनले बताए ।