इटहरीः कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई घटना भएको ९ वर्षपछि जिल्ला प्रहरी कार्यालय धनकुटाले पक्राउ गरेको छ ।

भोजपुर नगरपालिका–४ का ४३ वर्षीय प्रेमकुमार राउतलाई,२०७० साल असार ७ गते नवजात शिशुलाई कर्तव्य गरी हत्या गरेको आरोपमा, जिल्ला अदालत धनकुटाको २०७४ साल कार्तिक २० गतेको फैसला आदेशले २५ वर्ष कैद सजाय तोकेको थियो ।

फैसला भएता पनि फरार रहँदै आएका राउतलाई जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले भदौ २० गते काठमाडौँबाट पक्राउ गरेको हो । पक्राउ परेका राउतलाई जिल्ला अदालत धनकुटामा उपस्थित गराइएकोमा तोकिएको सजाय भुक्तानीको लागि जिल्ला कारगार पठाइएको प्रहरीले जनाएको छ ।