इटहरीः इलाका प्रहरी कार्यालय बेलबारी मोरको प्रहरी टोलीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालत मोरङमा बुझाएको छ ।
पक्राउ पर्नेमा जबरजस्ती करणी मुद्दामा ९ वर्ष ५ महिना ५ दिन कैद सजाय तोकिएका सुन्दरहरैँचा नगरपालिका–७ का २३ वर्षीय दीपक चौधरी र लागुऔषध मुद्दामा १ वर्ष ८ महिना १२ दिन कैद र ७५ हजार जरिवाना तोकिएका सुन्दरहरैँचा नगरपालिका–७ का २ वर्षीय सन्जिव भनिने सन्दीप चौधरी रहेका छन् ।
उनीहरुलाई सोमवार दिउँसो गाउँघरबाट नै प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै फरार प्रतिवादीलाई जिल्ला अदालत मोरङमा उपस्थित गराइएकोमा तोकिएको कैद भुक्तानीको लागि अदालतकै आदेशअनुसार मोरङ जिल्ला कारगार विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।