इटहरीः सडक पेटीमा अनाधिकृत रुपमा बनाइएका संरचना हटाउन इनरुवा नगरपालिकाले ३५ दिने सूचना जारी गरेको छ । 

इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले मंगलबार एक सूचना जारी गर्दै ३५ दिनभित्र सडक पेटीमा अनाधिकृत रुपले बनाइएका संचना तथा थुपारिएका निर्माण सामग्रीहरु यथासिघ्र हटाउन अनुरोध गरेका छन् । 

३५ दिनभित्र अनाधिकृत संरचना नहटाएमा कानूनबमोजिम कारबाही गर्ने नगरपालिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

मेयर केदार भण्डारीले करारमा रहेका अनावश्यक कर्मचारी हटाएर यसअघि नै खरो रुपमा प्रस्तुत हुने संकेत गरेका थिए ।

300630687_3105859476392776_7037059129112342229_n