इटहरीः सुनसरी र इलामको दुई स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो सुनसरीको दुहबी नगरपालिका–३ मा को १ च ७१८६ नम्बरको पिकअप र प्रदेश १–०४–००१ प ८१३८ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किँदा घाइते भएका मोटरसाइकल चालक धनपालथान गाउँपालिका–२ का २० वर्षीय धिरज मण्डलको उपचारको क्रममा विराट नर्सिंङ होम विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

यसैगरी, शनिबार अपरान्ह इलामको रोङ गाउँपालिका–४ मा, मे ४ प ८३५५ नम्बरको मोटरसाईकलले मे १ क ६५४ नम्बरको ट्र्रकलाई ओभरटेक गर्ने क्रममा आफैँ अनियन्त्रित भई ट्र«कको चक्कामा ठोक्किई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक सुर्योदय नगरपालिका–४ का ३९ वर्षीय रत्नकुमार थापामगरको उपचारको क्रममा मेची अस्पताल भद्रपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

घटनाका सम्बनधमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।